Logo

भारतमा जारी आईपिएललाई बिचैमा छोडेर सन्दिप लामिछाने किन फर्किए नेपाल ?

अहिले भारतमा १२ औं सिजनको ईन्डियन प्रिमियर लिग (आईपिएल) चलिरहेको छ । जारी आईपिएलमा नेपाली राष्ट्रिय टोलिकासदस्य सन्दिप लामिछानेले पनि सहभागिता जनाएका छ्न । दिल्ली क्यापिटल्सबाट आईपिएल खेल्दै गरेका सन्दिप लामिछाने बुधबार अचानक काठमाडौं आएका छन ।

आइपीएलमा दिल्लीको खेलमा ग्यापको मौका पारेर सन्दिप ब्यक्तिगत कामका लागि काठमाडौं आएका हुन । युरोपको भिषा प्रक्रियाको कारण सन्दिप लामिछाने एका एक काठमान्डौ आएको उनका म्यानेजर रमन सिवाकोटीले जानकारी दिएका छन । अहिलेसम्म दिल्लीबाट ५ खेल खेलेका सन्दिपले आठ विकेट लिएका छन ।

जारी प्रतियोगितामा दिल्लीले आफ्नो पछिल्लो खेल गत सोमबार राजस्थान रोयल्ससङ्ग खेलेको थियो भने अब उसले आफ्नो अर्को खेल आगामी सोमबार रोयल च्यालेन्जर्स बैङ्गलोरसङ्ग खेल्दैछ । सन्दिप लामिछाने आईपिएलमा बाकी खेल खेल्न लगत्तै पुनः दिल्ली जानेछन ।

प्रतिक्रिया दिनुहोस्