Logo

नयाँशक्ति र फोरम बिच औपचारिक एकता घोषणा बन्यो समाजवादी पार्टी !

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी र डा बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी बिच एकता भएको छ । सोमबार प्रज्ञा प्रतिष्ठानमा औपचारिक रुपमा एक भएको घोषणा गर्दै उनीहरुले नयाँ पार्टी “समाजवादी पार्टी” नेपाल भएको बताए ।

मधेशका मुद्दामा केन्द्रीत राजनीति गरिरहेको फोरम र माओवाद त्यागेर वैकल्पिक शक्ति बन्न खोजिरहेको नयाँ शक्तिबीच समाजवादसहित अघि बढ्ने सहमति भएको हो। दुई वर्षदेखि चलेको वार्तालाई निष्कर्ष दिँदै दुई दिनअघि पार्टी एकिरकण गर्ने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्