Logo

आज हास्य कलाकार मनोज गजुरेलको जन्मदिन !

हास्य कलाकार मनोज गजुरेलको आज जन्मदिन । २०३१ वैशाख २९ गते ताप्लेजुङको खेबाङमा गजुरेलको जन्म भएको हो । उनी आफ्नो ४५औं जन्मदिन मनाउँदैछन् ।

जन्मदिनमा आइतबार बिहान उनले फेसबुकमा स्टाटस र फोटो हालेका छन् । जहाँ उनी स–साना स्कुले विद्यार्थीसँग रमाइरहेका देखिन्छन् । काठमाडौंकै कुनै एक स्कुलका विद्यार्थीसँग उनले जन्मदिन मनाएको बुझिन्छ ।

उनले लेखेका छन्, ‘वैशाख २९ गते, मैले धर्ती टेकेको पहिलो दिन ! मान्छेको जन्म मातपिताको डिम्ब र विर्यको जोड मात्र होइन, उसका जन्म,जन्मान्तरका संस्कारह?को हिसाबकिताब पनि हो । यो जीवन आफ्नो मृत्यु कुर्ने चौतारो मात्र होइन, महाजीवन यात्राको तयारी पनि हो । मेरो आगामी यात्रालाई अझै सरल, शान्त, सहज, सकारात्मक र सहयोगी बनाउन सकौं ।’

मनोज गजुरेल लोकप्रिय हास्यकलाकार मात्र होइन, चलचित्रका नायक पनि हुन् । उनले ‘सय कडा दस’ चलचित्रमा मुख्य अभिनेताको चरित्र निभाएका छन् ।

उनका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर निकै चर्चित छन् । जसले विश्वमै चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्