Logo

यी रोगहुनेहरुले नपिउनुहोस् कागती पानी !

गर्मीमा महिनामा कागती पानी पिउनु राम्रो हो।यसले गर्मीमा शीतल प्रदान गर्छ तर केही मानिसहरूको स्वास्थ्यमा कागती पानी पिउनाले नोक्सान पनि पुर्‍याउन सक्छ ।

यस्ता ५ किसिमका समस्या भएका मानिसहरूले भुलेर पनि कागती पानी पिउनु हुँदैन :-

१ . कागती पानीमा एसिडको मात्रा बढी हुन्छ ।त्यसैले यस्तो पानी बढी पिउनाले एसिडिटी बढ्ने, मुटुको जलन बढ्ने जस्ता समस्या देखिन सक्छ ।

२ .यदि पेटमा अल्सर छ भने कागती पानी नापिउदा राम्रो हुन्छ । किनकि यसले पेटमा दुखाइ र जलन निम्त्याउँछ ।

३ . दाँतमा समस्या छ, भने कागती पानी पिउनाले दाँतमा भएको इनामेललाई नष्ट गरी दाँत टुक्रिने र सेन्सिटिभिटी बढ्ने जस्ता हुन्छ ।

४ . पिसाबसँग सम्बन्धित समस्या छ भने कागती पानी पिउनाले बारम्बार पिसाब लाग्ने हुँदा त्यस्तो समस्यालाई झन् जटिल बनाउँछ ।

५ . कागती पानीले कफ र पित्त बढाउने हुँदा यदि कफ र पित्तको समस्या छ भने कागती पानी नापिउदा नै उत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्