Logo

७ बर्से बालिका गरि फरार रहेका खरेल पक्राउ | यसरी समात्न सफल भयो प्रहरी ….(भिडियो सहित)

राजु खरेल उर्फ भुवनको बानेश्वरको शान्तिनगरस्थित मिलिजुली चोकमा पाँच तले घर । घरमा श्रीमतीसहित २ छोराछोरी । उनीहरुको परिवार सबैभन्दा माथिल्लो फ्ल्याटमा बस्दै आइरहे पनि बाँकी चार तला भाडामा दिएका थिए । आर्थिक स्थिति सम्पन्नशाली भएको खरेलको परिवारलाई नपुग्दो केही थिएन ।

खरेल राष्ट्रिय अनुसन्धान विभागका पूर्वकर्मचारी समेत हुन् । ७ वर्ष जागिर खाएका खरेलले विभागको जागिर छाडेको ९ वर्ष भयो । उनै खरेल आज हत्कडीसहित प्रहरीको निगरानीमा छन् । रामेछापकी ७ वर्षीया बालिका बलात्कारको आरोपमा खरेललाई कञ्चनपुरको बेलौरीबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) उत्तम सुवदीले कल लोकेशननको आधारमा खरेल भारत भाग्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । भिडियो सहित :

प्रतिक्रिया दिनुहोस्