Logo

हरेक नेपालीले १/१ शेयर गरि बुद्ध नेपालमै जन्मेको हो भनेर विश्वलाई देखाउनुस (भिडियो सहित)

नेपाली पात्रो अनुसार यस बर्षको बुद्ध जयन्ती जेठ ४ गते शनिबार परेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । यसै बीच २६४३ औं बुद्ध जन्म उत्सव तीन दिवसीय कार्यक्रम अहिंसा तथा शान्तिको कामनासहित मनाइने भएको छ ।

अन्तर्राष्ट्रिय बुद्ध परियती उदय विहार तिलोत्तमा–४ डिङ्गरनगरको आयोजनामा हुने सो कार्यक्रम अन्तर्गत जेठ २ गते शान्ति ¥याली, जेठ ३ गते मंगलमैत्री कामना सहित पूण्यदान र जेठ ४ गते शान्तिदीप प्रज्वलन तथा दिवस मूल समारोहको आयोजना गरिने अन्तर्राष्ट्रिय बुद्ध परियती उदय बिहारका महासचिव यमबहादुर थापाले जानकारी दिए ।

जन्म, मृत्यु र ज्ञान प्राप्त एकै दिन वैशाख शुक्ल पूर्णिमा भएकाले २६४३ औं बुद्ध जन्मउत्सव, २६०८ औं बोधी ज्ञान लाभ तथा २५६३ औं महापरिनिर्वाण दिवस एकै दिन मनाउन लागिएको हो । वैशाख पूर्णिमालाई मध्यनजर गर्दै आज विहार परिसरमा सरसफाई गरिएको छ ।

हरिओम विकको संयोजकत्वमा स्थानीयवासीहरुको सहभागितामा सरसफाई गरिएको हो । दिवसकै अवसरमा विहारले लखनचोक चौराहदेखि योगिकुटी चोकसम्म मूख्य सडकका दायाँबायाँ पञ्चशील बुद्ध झण्डाहरु फहराएको छ । दिवसलाई सफल पार्न बुद्ध परियती युवा संघ, नेपाल मगर बुद्ध सेवा समाज तिलोत्तमा, रुपन्देही, कपिलवस्तु र नेपाल मगर संघ तिलोत्तमा रुपन्देहीले सघाइरहेको विहारका धनीराम थापाले बताए ।

तिलोत्तमा–४ डिङ्गरनगरमा रहेको विहार यस क्षेत्रमा रहेका थेरवादी बुद्धधर्म सम्पदा मान्नेहरुको आस्थाको केन्द्र हो । उक्त विहार विस. २०५९ सालमा स्थापना गरिएको थियो । विहारमा ध्यान कुटी, सीमा गृह, धम्म हल, विपश्यना शिविर हल, आवाश गृह, पार्क लगायत संरचनाहरु निर्माण गरिएका छन् । उदय विहारले कक्षा १ देखि १० सम्म परियती शिक्षा समेत सञ्चालन गर्दै आइरहेको छ भने दर्जनौ बालबालिकाहरुलाई निशुल्क आवासको व्यवस्थासहित शिक्षा दिँदै आइरहेको छ ।

बुद्ध धर्मको तीनवटा सम्पदा थेरवाद, महायान र बज्रयान रहेका छन् । त्यसमा मगर, गुरुङसहित जापान, श्रीलंका, बर्मा र म्यान्मार लगायतका देशहरुमा थेरवादी सम्पदाका बुद्ध धर्म अनुयायीहरु रहेका छन् । जसमा बुद्धले दिएको शिल, शिक्षा र उपदेशलाई जस्ताको तस्तै पालना गर्ने गरिन्छ । शेर्पा, लामा र तिब्बतका बुद्ध धर्म अनुयायीहरु महायान सम्पदा अन्तर्गत पर्दछन् । महायानका अनुयायीहरु यसभित्र तन्त्रमन्त्रका कुराहरुलाई विश्वास गर्छन् ।

इसापूर्व ५६३ अर्थात आजभन्दा २५५८ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ।

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्कृका थिए ।

ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ । गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका छन् जुन आधुनिक समाजमा अझ सान्दर्भिक बन्दै गएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्