Logo

एक्सन स्टार निखिल उप्रेतीको आज जन्मदिन ! कमेन्ट गरि जन्मदिनको शुभकामना दिनुहोला

चर्चित नायक निखिल उप्रेतीको आज जन्मदिन परेको छ । १९७५ मे १५ तारिखका दिन उनको जन्म सर्लाही पिपराभित्तामा भएको हो । यस आधारमा उनी आज आफ्नो ४४औं जन्मदिन मनाउँदैछन् । ‘पिँजडा’ चलचित्रबाट नेपाल रजतपट प्रवेश गरेका निखिलको वास्तविक नाम दिनेश उप्रेती हो । निर्माता कलाकार पवन मैनालीले उनको नाम ‘निखिल’ राखिदिएका हुन् । हालसम्म उनले ९७ वटा चलचित्रमा अभिनय गरिसकेका छन् ।

नेपाली चलचित्र उद्योगमा एक्सनलाई स्थापित गर्नेमा निखिलको प्रमुख भूमिका रहेको छ । फिल्मी करियर सुरु गर्नुअघि मुम्बईमा अभिनय र स्टन्ट गरेका निखिल त्यसपछि पनि पाँच वर्षसम्म मुम्बईमै बलिउड फिल्मका लागि संघर्षरत रहे । अहिले उनी नेपालमै श्रीमती सञ्चिता लुइँटेलसँग बस्दै आएका छन् । अभिनय सँगसँगै निखिल चलचित्र निर्माण र निर्देशनमा समेत लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्