Logo

कामिरिता शेर्पाले २३ औँ पटक सगरमाथा आरोहण गर्दै राखे विश्व कीर्तिमान ! सम्मान स्वरुप लाईक र कमेन्ट गर्नुहोला

कीर्तिमानी आरोही कामिरिता शेर्पाले २३ औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेको छ । उन ले आफ्नो नाममा रहेको सर्वाधिक २२ औं पटकको विश्व कीर्तिमानलाई तोडेर नयाँ विश्व कीर्तिमान राखेको हो ।

सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कीर्तिमानीआरोही कामिरिता र निमा ओङ्दी शेर्पा बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगेका हुन्। उन काे आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै ’यो राष्ट्रकै गौरवको कुरा’ भएको बताएकाे छ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ। सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९९२ देखि नै हिमाल चढ्न थालेकाे थियाे । २३ पटकको अरोहण मध्ये उन ले १ पटक तिब्बतबाट चढेकाे छ । धेरैपटक सगरमाथा आरोहण गर्नेमा अहिलेसम्म तीन नेपाली शेर्पाहरुको किर्तीमान रहेको छ ।

आप्पा शेर्पा र फुर्बा तासी शेर्पाले २१ पटक सगरमाथा चढेर किर्तिमान राखेका थिए । आप्पा शेर्पाले सन् २०११ मा र सन् २०१३ मा फुर्बा तासी शेर्पाले रेकर्ड २१ पटककाे रेकड राखेका थिए । आङरिता शेर्पाले पनि १० पटकसम्म बिनाअक्सिजन सर्वोच्च शिखर पुगेका रेकड राखेकाे छ ।

प्रतिक्रिया दिनुहोस्