Logo

हलिउड फिल्म ‘अवतार २’ २०२१ डिसेम्बरमा रिलिज हुँदै !

हलिउड फिल्म ‘अवतार’ को सिक्वेलको निर्माण हुँदै गरेको छ । ‘अवतार’ हलिउडकै अहिलेसम्म सर्वाधिक कमाउने फिल्ममध्ये एक फिल्म हो । ‘अवतार’ रिलिज भएको १० वर्षपछि यसको सिक्वेल बन्न सुरु भएको हो । २००९ डिसेम्बर १० मा रिलिज भएको फिल्म ‘अवतार’ ले २ दशमलव ७८८ बिलियन डलर कमाएको थियो । यस फिल्मको निर्माण कार्य धमाधम सुरु भइसकेको छ ।

यस फिल्मको सिक्वललाई पनि निर्देशक जेम्स क्यामरुनले नै निर्देशन गर्ने भएका छन् । यस फिल्मको सिक्वेल को निर्माणको काम सुरु गर्दै ‘अवतार २’ को रिलिज मिति समेत सार्वजनिक गरिएको छ । ‘अवतार २’ क्रिसमसको अवसर पारेर २०२१ डिसेम्बर १७ तारिखमा रिलिज हुने भएको छ ।

यस अघि यो चलचित्र सन् २०२० को डिसेम्बरमा रिलिज हुने भनिएको थियो । अब भने निर्देशकले यस चलचित्रको प्रदर्शन मिति सरेर सन् २०२१ को डिसेम्बरमा तय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्