Logo

बाहिरियो जागेको भिडियो : रवि लामिछाने र निकिता पौडेलको विवाह धुमधामले सम्पन्न…..(भिडियो सहित)

लोकप्रिय सञ्चारकर्मी रवी लामिछाने आज शुक्रबार परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका छन् । केही महिना अघि कानुनी विवाह गरिसकेका उनीहरुले आज परम्परागत रुपमा नगरकोटमा धुमधामले विवाह गरेका हुन् । पत्रकार रवी लामिछानेले चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी निकिता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिने मिति केही दिन अगाडी नै सार्वजनिक भईसकेको थियो ।

केहि समय अघिनै काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराईसकेका उनीहरुले आज परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका हुन् । आज शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह विवाह धुमधामले सम्पन्न गरेका हुन् । विवाहमा परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका थिए ।
उनले गत माघ सात गते निकितासँग अदालती विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्