Logo

पाँचथर काण्ड : भयो डरलाग्दो खुलासा २५ वर्षपछि फेरी ९ जनाको हत्या ! छिमेकीहरु त्रासमा ….(भिडियो सहित)

पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर माखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका माखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । अधिकृतहरुका अनुसार माखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन्’, स्रोतले भन्यो ।घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि माखिमकै थियो ।

प्रतिक्रिया दिनुहोस्