Logo

‘डिभोर्स’का कारण अवाेध बालबालिकाहरु सहित ९ जनाको हत्या गरेर ज्वाइँले गरे आत्महत्या ….(भिडियो सहित)

पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ मा आइतबार राति एउटै परिवारका नौ जनाको हत्या भए लगत्तै मानबहादुर माखिम लिम्बुले आत्महत्या गरेका छन्। श्रीमती मनकुमारी फियाकसहित ९ जनाको हत्या लगत्तै मानबहादुरको शव झुन्डिएको अवस्थामा भेटिएको हो। परिवारमा बेमेल भए पश्चात श्रीमती मनकुमारी फियाकले मानबहादुरलाई छाडेर माइतीघरमा बस्दै आएकी थिइन्।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । एक प्रहरी अधिकारीले भने, ‘‘मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो रहेनछ । श्रीमती माइतीमा बस्दै आएकी थिइन् ।

सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनले धनराज र बमबहादुरको परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका रहेछन् । त्यही झोँकमा उनले सबैको हत्या गरेका हुनसक्छन् ।’’ प्रहरीका विभिन्न निकायले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्