Logo

त्यो कहालीलाग्दो रात ….बालिकालाइ रातभरी लुकाएर जोगाइन, उनैले पाँचथर घटनाको गरिन पर्दाफास ….. (भिडियो सहित)

पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो । साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । विसं २०५० मा भएको सो घटना ‘टिम्बुरे हत्याकाण्ड’को रुपमा चर्चित छ ।

उक्त घटनामा टिम्बुरेस्थित एक दुलाल परिवारमा पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । त्यसको २६ वर्षपछि आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको हो । टिम्बुरे हत्याकण्डमा कुवेर दुलाल, कुवेरकी श्रीमती सरसस्वती रिजाल, छोरी कृष्ण दुलाल, छोरा उमेश र उद्वव दुलाल गरी (पाँच जना) को ज्यान गएको थियो । भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्