Logo

पाँचथर हत्या काण्ड,यसरी गरेका थिए पालैपालो हत्या, भयो डर लाग्दो खुलासा …..(भिडियो सहित)

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको सामुहिक हत्याको प्रारमिभक कारण सम्बन्ध विच्छेद (डिभोर्स) देखिएको छ । ९ जनाको विभत्स हत्यामा ज्वाई र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा पुगेर झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।

झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका कान्छा ज्वाई रहेको खुल्न आएको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी केदार रिजाल भन्छन् हाम्रो अनुसन्धानमा मानबहादुरदे मारेको देखिन्छ तर पोष्टमार्टम रिपोर्ट नआए सम्म ठोकुवा गर्दनौ ।

डिआईजी रिजाल भन्छन् मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो रहेनछ । श्रीमती दुई वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको देखियो त्यो सँगै आफु झुण्डिएको ठाउँमा धारिलो हतिायर भेटिएको छ ।

मानबहादुरले धनराज र बमबहादुरको परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका रहेछन् । त्यही झोंकमा उनले सबैको हत्या गरेका हुनसक्छन् ।

प्रतिक्रिया दिनुहोस्