Logo

कर्णको नयाँ गीतमा आचल…(हेर्नुहोस् भिडियो)

चर्चित गायक कर्णराज गिरीले नयाँ गीत “मन्जुरी” लिएर दर्शक तथा श्रोता माँझ आएका छन् । पछिल्लो समय एकपछि अर्को गीत मार्फत दर्शकको मनमा ठाउ बनाइरहेका कर्णको यसगीतमा संगीत पनि उनकै छ भने शब्द डिपी खनालको रहेको छ । ‘अहिलेको स्थितिलाई मध्यनजर गर्दै गीतलाई तयार गरेको छु’ कर्ण भन्छन ‘दर्शकको टेस्ट अनुसारकै गीतलाई तयार गर्ने कोसिस गरेको हु ।’

गीत सुन्न र नृत्य गर्न मिल्ने किसिमले तयार गरेको बताएका छन् । ‘ह्याङ बनायौ’ तेइ केटि, ‘भाइरल भयो रे’, ‘फर्क परदेशी’, ‘देश रोइरहेको छ’, मोरे आमा’ जस्ता गीत गायर चर्चामा आएका कर्ण यस गीतबाट निकै आश्वादी छन् । ‘आफ्नै गायन र कम्पोज छ त्यसैले पनि प्रतिक्रियाको पर्खाइमा छु’ कर्णले भने । उनलाई फिमेल भोकलमा सुनितामी परियारले साथ दिएकी छिन् ।

गीतको सार्वजनिक भिडियोमा पछिल्लो समय चर्चामा रहेकी एक्ट्रेस आँचल शर्मा र अर्जुन जिसी फिचर्ड छन् । गीतको भिडियोमा आँचल र अर्जुनको अनस्क्रिन रोमान्स देखाइएको छ । गीतमा अर्जुन तिवारीको छायाँकन रहेको छ भने यसलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । गीतलाई कोरियोग्राफर राजिव समरले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो….

प्रतिक्रिया दिनुहोस्