Logo

रबि लामिछानेले भेट्दा ज्ञानेन्द्र शाही धरधरी रोए…(हेर्नुहोस् भिडियो)

अस्ट्रेलियाबाट फर्के लगत्तै रबि लामिछाने अस्पतालमा रहेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाइ भेट्न अस्पताल पुगेका छन्। नेपालको एअरपोर्ट मा झरे लगत्तै रविले फेसबुक मार्फत आफु तेही बाट सिधै अभियन्ता शाहीलाइ भेट्न अस्पताल जाने भन्दै पोस्ट गरेका थिए। उनि सिधै अस्पताल पुगेका पनि छन्। पहिले आफ़ुले यस बारेमा सबै कुरा बुझ्ने त्यसपछि मात्र जिज्ञासा र चासो बारेमा कुरा हुने लेखेका थिए। केहि दिन अघि ज्ञानेन्द्र शाही सुर्खेत बाट पक्राउ परेका थिए।

पत्रकारलाई गाली गलौच गरेको आरोपमा जेठ १५ गते सुर्खेतको खुलामञ्चबाट अभियन्ता ज्ञानेन्द्र शाही पक्राउ परेका थिए। ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ परेपछि घाइते भएका छन्। अहिले उपचारका लागि उनि अस्पतालमा रहेका छन्। शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । देशभर अहिले सामाजिक संजालमा अभियन्ता साहीको पक्षमा आवाज उठिरहेको छ। शाहीको पक्राउ पछि एक किसिम को तरंग नै उत्पन्न भएको छ।

आफ्नो आवाज खरो रुपमा उठाउदै आएका अभियन्ता शाही भ्रस्टाचार बिरुद्धको अभियानमा सक्रिय रुपमा लागिरहेका छन्। अस्पताल पुगे लगत्तै उपस्थित ठुलो सर्बसाधारणको भिडले यस बारेमा बोलिदिन आग्रह गरेका थिए। शाही माथि अन्याय भएको भन्दै सर्बसाधारण ले गुनासो गरेका थिए। ठुला मिडियाले शाहीको खबरलाइ महत्व दिनुपर्ने भन्दै गुनासो गरेका थिए।

रबि लामिछानेले एअरपोर्टमा झरे लगत्तै यस्तो लेखेका थिए ! अस्ट्रेलियाबासी नेपाली समुदाय प्रति आभार।भर्खर त्रिभुवन बिमान्स्थलमा अवतरण गरेका छौ।अहिलेलाई सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही जी लाई भेट्न एअरपोर्ट बाट सिधै अस्पताल जादैछु।सबैको जिज्ञासा र चासो बारे भेट पछि मात्र।

प्रतिक्रिया दिनुहोस्