Logo

पक्राऊ परेका अर्जुन छेत्रीको खुल्यो डरलाग्दो रहस्य !! भबिस्यबाणीको पर्दाफास हुदा चकित….(भिडीयो सहित)

भूकम्प आउँछ भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले काठमाडौँको गौशालाबाट आज एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार भोजपुरका जरायोटार घर भई काठमाडौँ सिनामङ्गल बस्ने अर्जुनकुमार थापा क्षेत्रीलाई पक्राउ गरिएको हो ।

यही जेठ २९ गतेभित्रमा भूकम्प जान्छ र प्रलय हुन्छ भनेर भविष्यवाणी गर्दै हिँडेकाले नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो । उनले आफूलाई ज्योतिषी हो भन्दै विभिन्न यूट्युब च्यानलमा अन्तरवार्ता दिँदै भूकम्पको भविष्यवाणी गर्दै हिँडेको बताइएको छ ।

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ मा विपद् घटना घट्ने भनेर अफवाह फैलाइ मानिसलाई डर, त्रास देखाउने क्रियाकलाप गरेमा एक लाखसम्म जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था रहेको छ ।

प्रहरीका अनुसार यसरी जनतामा सन्त्रास सिर्जना गर्ने अन्य ज्योतिषी र माता जो कोहीलाई पनि कानुनको दायरामा ल्याउन सकिने छ । यस्ता प्रकारका समाचारहरु सम्प्रेसन नगर्न संचारमाध्यमलाई पनि डीएसपी होबिन्द्र बोगटीले अनुरोध गरेका छन ।

उनि पक्राउ परेपछि पछिल्लो समय विश्लेषकहरु पनि बोल्न थालेका छन । यसै बारे पुण्य गौतमसंग गरिएको कुराकानी हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्