Logo

करोडौको लगानीमा तयारी भयो माझी बस्ति, श्वेता नानी हाम्रो भगवान हुन् …. (भिडियो सहित)

२०७२ सालको विनाशकारी भूकम्प पछि देश भर सयौ बस्तीहरु बने। भुकम्प भत्काएका घरहरुलाई एकिकृत बस्तीको रुपमा बिकास गर्ने लहर समेत चल्यो। सामाजिक अभियन्ताहरुले धेरै एकीकृत बस्तिहरु बनाए र सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरणसमेत गरे। यो काममा धुर्मुस सुन्तलीको फाउन्डेसनले सबै भन्दा बढी काम गरेको छ। एकीकृत बस्ति बनाएर हस्तान्तरण गरेका थिए। यस्तै अर्को माझी एकीकृत बस्ति नायिका श्वेता खड्काले पनि निर्माण गरिरहेकी छिन्।

आफ्ना श्रीमान श्री कृष्ण श्रेष्ठको सम्झनामा नायीका श्वेता खड्काले निर्माण सुरु गरेको चौतारा साँगाचोकगढी नगरपालिका–१४ भिमटार माझी बस्तीमा एकीकृत माझी बस्ती पुरा हुन् केहि ढिलाई भए पनि पुरा हुने तयारीमा छ। नायिका खड्काले श्वेता श्री फाउण्डेशन मार्फत भिमटारको माझीहरुका लागि ५३ घर निर्माण सुरु गरेकी थिइन् । माझि बस्ति लगभग तयारी भैसक्यो । तयारी हुदा यस्तो देखियो स्वीताको माझि बस्ति हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्