Logo

न बोल्न सक्छिन्, न त सुन्न : संसारलाई चकित पार्ने सुजल बमको कोठामा पुग्दा ! दिदिबहिनि यस्तो अवस्थामा | लाज्जले मुख छोपिन….(भिडियो सहित)

अद्भत प्रतिभा सुजल बम ‘मिस्टर एण्ड मिस एसईई २०१९’ उपाधि होडमा छिन् । राजधानीमा जारी प्रतियोगितामा सुजल बम एक यस्ता प्रतियोगी हुन् जसले न कान सुन्छिन न त बाेल्नै सक्छिन् । फेसन ईरा काठमाडौंद्वारा आयोजित प्रतियोगितामा देशभरीबाट ८९ जना प्रतिस्पर्धीहरुले सहभागी भएका छन् । सहभागीेमध्ये ८८ जना सबै सपाङ्ग छन् भने सुजल मात्र अपाङ्गता भएकी प्रतियोगि हुन् । उनी कान सुन्दिनन् भने बोल्न पनि सक्दिनन् ।

सुदुरपश्चिमको डोटी जिल्लामा स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएकी सुजलले केन्द्रीय बहिरा माबि नक्सालबाट एसईई दिएकी हुन् । विद्यालयमा हुने अतरिक्त क्रियाकलापमा सहभागी भइरहने सुजल कान नसुने पनि राम्रो नाच्छिन् ।

भविष्यमा डान्स र मोडलिङको क्षेत्रमा आफुलाई स्थापित गर्दै अपाङ्गहरुका क्षेत्रमा काम सुजलको योजना छ । उनी भन्छिन्, ‘म जस्तै थुप्रै अपाङ्गहरूले अवसर पनि नपाउने र सहयोग पनि नपाउँदा उनीहरु आफुलाई कमजोर महसुस गरिरहेका हुन्छन् । त्यस्ता ब्यक्तिहरूका लागि म प्रेरणाको श्रोत बन्न सकुँ ।’

प्रतिक्रिया दिनुहोस्