Logo

पटक पटक श्रीमतीको मारिदिन आग्रह,भगवान बने श्रीमान – जहिले जे पनि हुन् सक्छ ! (भिडियो सहित)

ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमा चेली तामाङ एकोहोरो टोलाइरहेकी छिन् । छेउमै अडेस लागेका छन् उनका श्रीमान बसन्त ।श्रीमतीलाई दाहिने कोल्टो फेराइदिएपछि उनले केही मिनेटका लागि फुर्सद पाएका छन् । ‘यस्तो त शत्रुलाई पनि नहोस् । बरु फ्याट्टै प्राण जाओस्, तड्पेर बाँच्नु नपरोस्’ बोल्दाबोल्दै बसन्तकुमार ठकुरीको गला अवरुद्ध बन्यो । सुतिरहेकी श्रीमती चेली तामाङतिर पुलुक्क हेरे, आँसु देख्लिन् भनेर हतार–हतार सम्हालिए ।

‘मलाई विख दिएर मारिदिनुस्, कि त यो पाइप निकालिदिनुस् भन्छिन्, म आफ्नी बुढीलाई कसरी मार्न सक्छु ?’ उनले आफैंलाई प्रश्न गरे । अनि उत्तरमा मौन बने । केहीबेरमा भुत्भुताए, ‘कहिलेकाहीँ त लाग्छ, उनलाई पनि विष दिउँ र आफूले पनि खाइदिउँ । तर, सानी छोरीको याद आउँछ, उनको भविश्य सम्झन्छु ।’बसन्तले आफूलाई दह्रो देखाउन प्रयास नगरेका होइनन्, तर, सक्दैनन्, आँखा रसाइहाल्छ ।

प्रतिक्रिया दिनुहोस्