Logo

३ करोड नेपालीलाई रुवाउने स्नेही काखको नाटक ! फोहोरको थुप्रोमा स्नेहा श्री…(हेर्नुहोस् भिडियो)

मानसिक सन्तुलन गुमाएर सडकसम्म आएका व्यक्तिको संरक्षण स्थल हो, ललितपुरको एकान्त कुनामा रहेको नेपाली स्नेही काख । यो संस्था २०६७ सालदेखि श्रीनेहा पोखरेलले आफ्नै लगानीमा सञ्चालन गर्दै आएकी छिन्। १६ वर्षको उमेरदेखि नै यो संस्था सञ्चालन गर्दै आएकी उनले आफ्नो सबै कमाई यसैमा लगाएकी छिन्।

श्रीनेहा पेसाले एक मोडल हुन्। म्युजिक भिडियो र नाटकमा अभिनय गरेर आएको रकम उनी सन्तुलन गुमाएका व्यक्तिहरुका लागि खर्च गर्छिन्। नृत्य प्रशिक्षक भएर पनि उनले थुप्रै वर्ष काम गरिन्। आठ कक्षा पढ्दादेखि नै नृत्य प्रशिक्षक भएर काम गरेकी उनले एक दर्जन म्युजिक भिडियो र विभिन्न नाटकहरुमा अभिनय गरिसकेकी छिन्।

संस्थालाई कसरी सञ्चालन गर्ने भन्ने बारे मात्र ध्यान गएको छ, कतैबाट कसैको सहयोग पाउन पाए संस्थामा रहेका व्यक्तिका लागि केही राहत मिल्ने छ।

अभिनय गरेर जति पैसा आउँछ त्यो सबै संस्थाकै लागि खर्च गरेको उनले सुनाइन्। उनले अहिलेसम्म त आफ्नै कमाइबाट सबै खर्च चलाउँदै आएकी छिन्। अहिले भने आफ्नो कमाइबाट मात्र खर्च धान्न निकै गाह्रो भएको उनी सुनाउँछिन्।

प्रतिक्रिया दिनुहोस्