Logo

सुशील पोखरेलले अन्तर्वार्तामै मन्त्रिलाई फोन गरेर थर्काए, चाकरी गर्ने भन्दै जंगीए….(भिडियो सहित)

सुुशील पोख्रेल सफल खलनायकको रुपमा परिचित छन् । दर्जनौं फिल्ममा खलपात्रको भूमिका निभाएर सुशीलले दर्शकको मन जिते । रंगमन्चबाट अभिनयको सुरुवात गरेका उनले फिल्मी दुनीयामा निकै रजार्इं गरे । तीन दशकसम्म फिल्मी क्षेत्रमा सक्रिय सुशीललाई उनका आमाबुवाले ईन्जिनियर बनाउने ईच्छा राखेका थिए । तर उनी भिलेन बने । बाबुआमाले छोरा ईन्जिनियर बनोस भने चाहना राखेपनि ईन्जिनियर बन्ने सोच सुशीलमा थिएन ।
अभिनयको करियर शुरु नहुँदै त्रिचन्द्र कलेजबाट आई एस सी सकाएका शुशीलले पुलचोक क्याम्पसमा बि ई को लागि ईन्ट्रान्स पनि दिएका थिए । । उनले दबाबमा ईन्ट्रान्स दिएको भएपनि नाम भने निस्कीएन ।

आफ्नो नाम ननिस्कदा उनी निकै खुसी भएका थिए । किनकी उनमा ईन्जीनियर बन्ने सोचै थिएन । सुशीलको चाहना थियो बिशुद्ध कलाकार बन्ने । उनी आफ्नो नामको अगाडी नायक , खलनायक केहिको पनि ट्याग झुडाउन चाहदैनथे । कलाकार भएपछि जस्तो पनि गर्नुपर्छ भन्ने उनको धारणा थियो । शुशीलले पहिलो पटक हिरोको रुपमा फिल्म छिमेकीमा गुमानेको भूमिका निभाएका थिए ।

छिमेकीमा हिरो भएर काम गरेपछि उनलाई राम्रै प्रतिक्रियाहरु आएका थिए । तर पछि उनले एक फिल्ममा भिलेनको रुपमा काम गरे । उनलाई हिरोको रोलमा भन्दा भिलेनको रुपमा दर्शकले मन पराए । त्यसपछि एक पछि अर्को फिल्म गर्दै उनले सफल भिलेनको परिचय बनाएका हुन् । उनी पनि कोमल मनका व्यक्ती भनेर चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्