Logo

छबि र सिल्पा प्रहरीको नियन्त्रणमा l छबि र सिल्पालाई यस्तो सजाए दिँदै प्रहरीले, शिल्पाको जिबन बर्बाद….(भिडियो सहित)

चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाण्डौले बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धान गर्न दुवैलाई पक्राउ गर्न अनुमति दिएकाे हाे । हेमा ओझाले पहिलो श्रीमतीको रुपमा आफू हुँदाहुँदै निर्माता छविराज ओझा र नायिका पोखरेलले बहुविवाह गरेकाले दुवैलाई कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेकी थिइन् ।

हेमा ओझाले महानगरीय प्रहरी परिसर गौशालामा उजुरी गरेकी थिइन् । महिलासम्बन्धी मुद्धा महिला प्रहरी सेल कालिमाटीले हेर्ने भएकाले पक्राउ पूर्जी पनि त्यहीँबाट काटिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । पक्राउ पूर्जी जारी भएसँगै प्रहरीले दुवैलाई खोजिरहेको पनि उहाँले बताउनुभयो । नायिका शिल्पाले निर्माता छविराज ओझासँग डिभोर्सको प्रक्रिया अघि बढाएका बेला हेमा ओझाले उजुरी दिएपछि भने घटनाले नयाँ मोड लिएको छ ।

प्रतिक्रिया दिनुहोस्