Logo

विश्वकप खेल्न नपाएपछि Sandeep र Sompal नेपाल फर्किएन….(भिडियो सहित)

सिंगापुरमा भएको टी–२० विश्वकप एशिया छनोट खेलेर नेपाली टिम साेमबार राति स्वदेश फिर्ता हुने भएको छ । सिंगापुरसँग आइतबार भएको खेलमा ८२ रनले पराजित भएसँगै ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली टिम नेपाल फर्केका छन ।

पहिलो खेलमा कतारसँग पराजित भएको नेपाल अन्तिम खेलमा सिंगापुरसँग पराजित भएसँगै अर्को वर्ष हुने विश्वकप क्रिकेटका लागि ग्लोबल छनोट खेल्ने सपना सकिएको छ । नेपाली टिमका तीन जना सदस्य भने नेपाल आउने छैनन् । सोमपाल कामी र सन्दीप लामिछाने उतैबाट क्यानडामा सुरु ग्लोबल टी-ट्वान्टी खेल्न पुगेका छन् । यसैगरी प्रशिक्षक उमेश पट्वाल पनि नेपाली टिमसँगै नआउने बताइएको छ ।

पटवाल उतैबाट लण्डन लागेका छन् । पटवालले लण्डनमा आफू छोरी भेट्न जान लागेको र विदा मनाएर नेपाल फर्कने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्