Logo

मल्लिकले भारतलाई घुँडा टेकाएपछी भनिन् आर्यन सिग्देलसंग फिल्म खेल्छु …..(भिडियो सहित)

दुई वर्ष अघिसम्म उनी म्यानपावर कम्पनीमा काम गर्थिन्। अहिले उनको परिचय बदलिएको छ। बडी-बिल्डर मल्लिका शाक्य नेपालका लागि अन्तर्राष्ट्रिय स्वर्ण जित्ने खेलाडीका रूपमा चिनिन्छिन्।

गत साता काठमाडौंमा आयोजित १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा २९ वर्षीया मल्लिकाले स्वर्ण जितेर इतिहास रचिन्। मोडल फिजिक विधातर्फ ‘बिकिनी’ मा स्टेजमा आएकी मल्लिकाको सुगठित शरीर र हाउभाउ सार्क राष्ट्रका अन्य प्रतिस्पर्धीभन्दा अब्बल ठहरियो।

पहिलो अन्तर्राष्ट्रिय सहभागितामै उत्कृष्ट प्रदर्शन गरेकी उनी यस्तो प्रतियोगितामा नेपालका लागि स्वर्ण जित्ने एक्ली महिला खेलाडी हुन्। कहिलेकाहीँ एउटा निर्णयले मान्छेको जीवनको बाटो मोडिदिन्छ। काठमाडौं, ढुंगेअड्डाकी मल्लिकाको जीवनको बाटो पनि एउटै निर्णयले परिवर्तन भयो। उनी चार वर्षअघि आफ्नो मोटाउँदै गएको शरीर देखेर आत्तिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्