Logo

श्रीमान बिदेशमा, ३ वर्षीय बालिकाको बिचल्ली पार्दै महिलाले…,काठमाण्डौको कपनमा फेरी यस्तो भयो…(हेर्नुहोस् भिडियो)

काठमाडौंको कपनमा एउटै रुखमा पासो लागेर युवायुवतीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोलुखुम्बु सोताङ-४, नाम्लुङका २१ वर्षीय अमिर/चन्द्र नाछिरिङ र दूधकोशी गाउँपालिकाकी २३ वर्षीया निर्मला खालिङ छन् । महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नरेन्द्र चन्दले उनीहरुको शव झुण्डिएको अवस्थामा फेला परेको बताए ।

प्रहरी दुवैको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको छ । अनुसन्धान अधिकृतहरुका अनुसार खालिङ विवाहित हुन् । उनको एक छोरीसमेत छिन् । छोरी पढाउन भन्दै उनी काठमाडौं आएकी थिइन् । नाछिरिङ भने अविवाहित हुन् ।

निर्मलाको विवाहेत्तर सम्बन्धको पोल खुलेपछि दुवै जनाले आत्महत्याको बाटो रोजेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । बिष्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्