Logo

रबि लामिछानेलाई परिवारले नै रोके, रबि रिसले आगो अब चुप लागेर बस्दिन…(हेर्नुहोस् भिडियो)

माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।

उनी न्यूज २४ टेलिभिजनको कार्यक्रम जनतासंग सिधा कुराका चर्चित पत्रकार रबी लामिछानेका पूर्व सहकर्मी हुन् । होटलका संचालक यज्ञबहादुर कार्कीका अनुसार पुडाशैनी एक्लै सोमबार होटल पुगेका थिए ।

iframe width=”700″ height=”500″ src=”https://www.youtube.com/embed/i4A2sQOro4s” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen>

उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । पानी खाएर होटलको कोठामा जानुभयो, संचालक कार्कीले दियोपोष्टसँग भने, ‘

राति ८ बजेतिरका लागि सादा खान अर्डर गर्नुभयो, ९ बजेसम्म पनि नआएपछि मैले मेरा कर्मचारीहरुलाई पठाएँ । ढोका नखोलिएपछि म आफैँ गएँ । ढोका खोलिएन ।

त्यसपछि झ्यालबाट हेर्दा नाईलनको डोरीमा झुण्डिएको देखियो । अनि मैले प्रहरीलाई खबर गरेँ ।’ होटल संचालक कार्कीको घर दोलखाको मैलुङ गाउँपालिका वडा नम्बर ४ मा पर्छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनी मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्