Logo

भर्खरै काठमाडौँको स्वयम्भूमा डनमाथि प्रहरीले गोली चलायो, दुईजना ढले…..(भिडियो सहित)

प्रहरीको गोली लागेर घाइते भएका मिलन लामा ‘लोप्चन’ ले रामेछापको एउटा गाउँपालिकाका अध्यक्षसँग दुई करोड रुपैयाँ मागेको खुलेको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गर्ने क्रममा घाइते भएका लामाले टेलिफोन गरेर रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कासँग २ करोड रुपैयाँ मागेको हो ।

अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार जनप्रतिनिधिलाई धम्की दिँदै रकम मागेको जानकारी एक साताअघि नै आएको थियो। त्यसयता प्रहरीले लामालाई खोजी थालेको थियो। एसएसपी थापाका अनुसार लामाले मागे जति रकम नदिएमा मार्ने धम्की दिएपछि जनप्रतिनिधिले प्रहरीको सहयोग मागेका थिए। जनप्रतिनिधिबाटै लामाबारेमा गुनासो गरेपछि प्रहरीले उनको खोजी थालेको थियो।

प्रतिक्रिया दिनुहोस्