Logo

स्वयम्भूमा प्रहरीले गोली चलायो, प्रत्यक्षदर्शीको डर लाग्दो खुलासा …..(भिडियो सहित)

काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली हानेर दुई युवालाई पक्राउ गरेको छ । स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामालाई पक्राउ गरेको हो । लोप्साङ सँगै अमृत तामाङ पनि पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लोप्साङलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो । लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको एसएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्