Logo

प्रहरी माथि नै गम्भीर आरोप ! अदालतको फैसला, शिल्पा र छवी फरार छैनन्…….(भिडियो सहित)

हेमा ओझाले शिल्पा पोखरेल र छवी ओझा विरुद्ध बहुविवाहको मुद्धा दर्ता गरेकी थिइन् । हेमाको उजुरी कालिमाटी प्रहरी परिसरले बुझि लिएको थियो । उजुरी दर्ता भएपछि शिल्पा र छवीलाई पक्राउ गर्न आदेश दिएको थियो । तर, दुवै जना फरार भएपछि पक्राउ परेका छैन । अब, यो मुद्धा उच्च अदालत सम्म पुगेका छ । उच्च अदालतले पनि पक्राउ गर्न आदेश दिएको छ ।

शिल्पा पोखरेलले पक्राउ पुर्जी खारेज गराउन उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएकी थिइन् । अदालतले पक्राउ पुर्जी खारेज गर्न नमिल्ने बताएको छ । न्यायाधीशद्वय रमेश प्रसाद राजभण्डारी र सरला कुमारी पाण्डेको संयुक्त इजलासले सो आदेश दिएको हो । शिल्पाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश प्रसाद गुरागाईँ र अधिवक्ता मनोद यादवले बहस गरेका थिए भने हेमा ओझाको तर्फबाट अधिवक्ताहरु स्वागत नेपाल र तुलसा शर्माले बहस गरेका थिए । छवीको तर्फबाट भने कसैले बहस गरेका थिएनन् ।

अदालतले पक्राउ पुर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी पक्राउ पुर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुन विरुद्ध भएको भन्दै पक्राउ पुर्जी जारी नै रहने आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्