Logo

कुञ्जमणीको ‘टिरिक मिलाम् कि’ बोलको भिडियो सार्वजनिक, गीतमा रिनाको डान्स

अनलाईन टिभीनेपालमा अपलोड भएको “स्वयम्भूको होटलमा डन माथि प्रहरीले गोलि चलायो”भिडियोमा गायक कुञ्जमणि थापाको फोटो टेक्निकल समस्या अपलोड भएकोमा अनलाईन टिभीनेपाल परिवार उहाँमा पर्नु गएको असर प्रति जिम्मेवार भएको जानकारी गराउदछौ ।

गायक कुञ्जमणि थापाको स्वरमा रहेको नयाँ तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘टिरिक मिलाम् की’ बोलको गीतमा कुञ्जमणीसँगै बन्दना पाण्डे, इश्वरी घिमिरे, सुमित्रा मुखिया, रेखा बुढा खड्काको स्वर रहेको छ । गीतमा इश्वरी घिमिरे र सुमित्रा मुखियाको शब्द छ ।

गुल्मीमा जन्मिएका गायक कुञ्जमणि थापा संगीतिक क्षेत्रमा पूरानो नाम हो । बासुरी बाधकका रुपमा करिअर सुरु गरेका उनले २०६५ सालमा पहिलो गीत कम्पोज गरेका थिए । उनको स्वरमा अहिले आधा दर्जन बढि गीत तयार भइसकेका छन् ।

यो तीज गीत भने पूरानो लोक भाकालाई टिपेर तायर गरिएको उनी बताउँछन् । उनले भने, ’गाउँ तीर मैलिक लोक भाकालाई निकै रुचाइन्छ । त्यसैले पनि हामीले लोक भाकालाई टिपेर गीत तयार गरेका छौँ ।’ यस गीतबाट कुञ्जमणि निकै आशावदी छन् ।

यस गीतको भिडियोमा रिना थापा मगर, सुमन परियार र युनिक क्षेत्रीको अभिनय रहेको छ । उदिराम खड्काको निर्देशनमा बनेको भिडियोमा मिराज अर्यालको छायंकान तथा विवेक खड्काको सम्पादन रहेको छ । भिडियोको करियोग्राफी विन्दु खड्काले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्