Logo

पापी श्रीमतीले प्रेम विवाहको १८ महिना मै श्रीमानको हत्या गरेर जेल गइन ….. ( मुटु दरो गरेर हेर्नुहोस भिडियो)

काठमाडौँको जोरपाटीमा डेरा गरि बस्ने २५ वर्षकी शिला घलेले आफ्नै २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको च*क्कु प्रहार गरि हत्या गरेकी छिन् । गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छातीमा प्रहार गर्दा ज्यान गएको हो ।

छिमेकीका अनुसार सधै घर झगडा भइरहने र शिलालाई धेर रिस नगर्न आग्रह गर्दै आएको बताए । घटना घट्ने दिन पनि शिला र जालमानको झगडा भएको र दुई मुक्का जालमानले हा*नेपछि शिलाले जवाफमा चक्कु प्रहार गरेको प्रत्यक्षदर्शी छिमेकीले बताए ।

चक्कु प्रहारबाट शक्त घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । त्यसपछि श्रीमती शिलालाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ। शिलाको स्थायी घर भने मकवानपुर गढी गाउँपालिका–८ भएको बुझिएको छ ।

उनीहरु बस्दै आएको जोरपाटी स्थित डेरा पुग्दा सानो कोठामा लथालिङ्ग पलंग र छरप्रस्ट लुगाहरु देखिन्थे । घटनास्थलमा देखिएको दृश्य तलको भिडियोमा हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्