Logo

Exclusive: रबि निर गुहार माग्न पुगे राम कृष्ण ढकाल ! ढकालको श्रीमतीले आत्मह.त्याको प्रयास(भिडियो)

चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह फेरी शहकारीको झमेलामा फसेका छन । २०६६ सालमा घर किन्न लिएको ऋण नतिरेको भन्दै ललितपुरस्थित श्रीलालीगुराँस सहकारी संस्थाले सुचना निकालेपछि पुन विवादमा तानिएका हुन् ।

९ वर्ष अगाडी भैसेपाटीमा घर किन्न लिएको ऋण उक्त घर लिलाम हुदा समेत चुक्ता नभएको खुल्नमा आएको छ । सहकारीको सूचनामा ढकालले चुक्ता गर्न बाँकी रकम २ करोड ३० लाख ९७ हजार ७६१ उल्लेख गरेको छ । यस्तै ढकालपत्नी शाहले २ करोड ६२ लाख २४ हजार ८९ उल्लेख छ ।

सुचना जारी भएपछी गायक ढकालले भने सहकारीले आफ्नो चरित्र ह*त्या गरेको आरोप लगाएका छन ।ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो । लिलामी पछी बाकी रहेको रकमको ब्याज बढ्दै अहिले ढकाल दम्पतिको नाममा करिब पांच करोड ऋण हुन आएको सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्