प्रवासी नेपाली स्वदेश फर्कँदा विमानस्थलमै रातो कार्पेट बिछ्याएर स्वागत गर्नुपर्ने – कुलमान घिसिङ


लिस्बन (पोर्चुगल) l नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीहरूको महत्व र योगदानलाई उच्च सम्मान गर्नुपर्ने बताएका छन्। नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रवासी नेपाली स्वदेश फर्कँदा विमानस्थलमै रातो कार्पेट बिछ्याएर स्वागत गर्नुपर्ने धारणा राखे।

उनले मुलुकले प्रवासी नेपालीबाट ठूलो अपेक्षा राखेको उल्लेख गर्दै विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई स्वदेशमा प्रयोग गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए। घिसिङले प्रवासी नेपालीहरूलाई देशको विकास र समृद्धिको आधारशिला भन्दै उनीहरूको योगदानलाई कदर गर्न सबै सरोकारवालालाई आह्वान गरे।