Logo

प्रदेश ३

मनसुनजन्य विपदबाट यसवर्ष कुन प्रदेश कति जोखिममा ?

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष ९२०७९ साल० मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ । बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ । ‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपद्बाट १७ लाख जनसंख्या प्रभावित हुने

उपत्यकामा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुस्टि

काठमाडौंको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मी हुन् ।

पसल खोल्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा व्यवसायी प्रदर्शनमा उत्रिए

काठमाडौं । लकडाउनका कारण व्यापार चौपट भएको भन्दै जोरपाटीका व्यवसायीले मंगलबार प्रदर्शन गरेका छन् ।पसल खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीलाई प्रहरीले लखेटेको थियो । त्यसक्रममा पसल बन्द गर्न अटेर गर्ने एक जनालाई केहीबेर नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए । कार्कीले भने,

प्रदेश ३ मा कालोबजारी गर्ने दुई पक्राउ

सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् । किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनीट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टीतेल र पेट्रोलको कालोबजारी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो । चौतारा साँगाचोकगढी नपा वडा नं ५ पुरानो बजारबाट बा२ख ३८०६ नंको

भीमफेदीमा आज बिहान चट्याङले २३ वर्षीय विजयको मृत्यु !

मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर घाइते भएका स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान

हेटौंडादेखि धुलीखेलसम्म विद्युतीय बस सञ्चालनमा ल्याउँदै प्रदेश सरकार !

वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौंडा–धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौंडादेखि धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । प्रदेश सरकारले ‘प्रदेश यातायात निगम’ स्थापनाको तयारी अघि बढाइसकेको जनाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतिय बसको

हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृ*त्यु !

हेटौंडा-मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृ*त्यु हुनेमा हेटौंडा–१९ सान्नानीटार निवासी ४० वर्षीय दीपक सुवेदी रहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गअन्र्तगत् सडकमा पैदल हिँडिरहेका सुवेदीलाई प्रदेश ०३–०२–१२ प ३५६८ नम्बरको मोटरसाइकलले मनहरी गाउँपालिका–६ सुनाचुरीमा मंगलबार साँझ ठक्कर दिदाँ गम्भिर घाईते भएको थिए । उनको उपचारको