Logo

महाभारत युद्धमा मारिएका थिए १ अर्ब ६६ करोडभन्दा बढी योद्धा, आखिर के गरियो यी शवलाई ?

महाभारतको कथा जति अद्विीतीय छ, त्यति नै अचम्मको पनि । आज हामी तपाईंलाई महाभारत युद्ध समाप्त भएपछि के भयो भन्ने बारे जानकारी दिँदै छौं । कौरव र पाण्डवबीच जब युद्ध भयो तब करोडौं योद्धा मारिए भन्ने बारे धेरैलाई थाहा होला तर मरेका योद्धालाई के गरियो त्यसबारे निकै कमलाई थाहा छ ।

युद्ध समाप्त भएपछिको अवस्थाः

जब पाण्डवले युद्ध जिते तब सबै पाण्डव श्रीकृष्णसँगै धृतराष्ट र गान्धारीलाई भेट्न गए । त्यहाँ धृतराष्ट्रले भीमलाई मार्ने प्रयास गरे तर श्रीकृष्णका कारण भीमको ज्यान बच्यो । त्यसपछि पाण्डवले गान्धारीलाई पनि भेटे । उनी पनि पाण्डवसँग रिसाएकी थिइन् तर केही बेरपछि नै उनको रिस शान्त भयो । त्यसपछि महर्षी वेदव्यासको आदेशपछि युधिष्ठिरले सबैलाई कुरुक्षेत्र लिएर गए । त्यहाँ पुगेपछि धृतराष्ट्रले युधिष्ठिरलाई युद्धमा मारिएका योद्धाको संख्या सोध्दा उनले जवाफ दिए, ‘यो युद्धमा १ अर्ब, ६६ करोड, २० हजार योद्धा मारिएका छन् । यसका साथै, २४ हजार १ सय ६५ योद्धाको कुनै जानकारी छैन ।’

युधिष्ठिरले गराए सबैको दाह संस्कारः

युद्धमा मारिएका योद्धाबारे जानकारी लिएपछि धृतराष्ट्रले युधिष्ठिरलाई ती सबैको अन्तिम संस्कार गर्न आदेश दिए । युधिष्ठिरले कौरवका पुरोहित सुधर्मा र आफ्नो पुरोहित धौम्यलगायत संजय, विदुर, युयुत्यु आदिलाई सबै योद्धाको अन्तिम संस्कार गर्न आदेश दिए । त्यसपछि सबै गंगा तटमा पुगे र मृतकलाई जलाञ्जली दिए ।

एजेन्सी


प्रतिक्रिया दिनुहोस्