Logo

भारतकाे हिमाञ्चलमा बस दुर्घटना, सातकाे मृत्यु

उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा परी कम्तीका पनि सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । हिमाञ्चल प्रदेशको प्रान्तीय राजधानी सिमलामा यो दुर्घटना भएको जनाइएको छ। दओङ हिमाल नजिकै भएको यस सडक दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएका छन्।

घाइतेलाई नजिकैको अस्पताल लगिएको छ। घाइतेमध्ये केहीको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ। चालकको लापरबाहीका कारण नै यो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। विश्वको अरू देशको तुलानामा भारत बढी सडक दुर्घटना हुने गरेको पाइन्छ। सडकको खराबी र चालकको लापरवाही गरी ट्राफिक नियमको उल्लङ्घन गरेर सवारी चलाउने गर्नाले भारतमा बढी सडक दुर्घटना हुने गरेको विज्ञहरूको भनाइ रहेको छ।

एजेन्सी 


प्रतिक्रिया दिनुहोस्