Logo

श्रीमतीको बोइफ्रेन्ड भएको थाहा पाएपछि, श्रीमानले नै गरिदिए धुमधामसँग विहे

एजेन्सी – भारतको उत्तर प्रदेशमा एक उदाहरणीय घटना भएको छ । जसको अहिले निकै चर्चा भइरहेको छ । सनीगाउँका सचित उर्फ गोलू गुप्ताको फतेहपुरकी शान्तिसँग गएको फेब्रुअरी १९ मा विवाह भएको थियो ।पछि विवाह गरेकी आफ्नी श्रीमतीको अर्कै केटासँग अफेयर रहेको गोलूले थाहा पाए । त्यसपछि श्रीमतीको त्यही लभ परेको केटासँग बिहे गरिदिने सोचमा पुगे गोलू ।

 

गोलूले श्रीमती र श्रीमतीको ब्वाईफ्रेन्ड रविलाई तिमीहरुको विवाह गरिदिने बताए । तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेका दुर्वले गोलूको प्रस्तावलाई खुसीसाथ स्वीकारे । त्यसपछि गोलूको घरमा विवाहको तयारी सुरु भयो ।विवाहको तीन जन्तीसहित आफ्नी श्रीमतीको ब्वाइफ्रेन्ड गोलूको घरमा आए । गोलूले सबै रीतिरिवाजअनुसार श्रीमतीको विवाह उनकै ब्वाइफ्रेन्डसँग गरिदिए । श्रीमतीलाई विवाह गरेर उसको ब्वाइफ्रेन्डको घर पठाउँदा अर्थात अन्माउँदा गोलू निकै रोएका भारतीय मिडियाले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्