सुनकाण्डमा यसरी जोडियो प्रधानमन्त्री ओलीको नाम, प्रमुख अभियुक्त एसएपी खत्रीले यसरी लिए नाम
सुनकाण्डमा निलम्बित एसएसपी श्याम खत्रीले बयानमा प्रधानमन्त्री केपी ओलीको नाम समेत जोडेका छन् । विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न रहेको आरोपमा मोरङ जिल्ला अदालतको आदेशमा थुनामा रहेका खत्रीले आफ्नो बयानमा प्रम ओलकिो नामसमेत जोडोका छन् ।
आफूलाई प्रधानमन्त्री (तत्कालीन एमाले अध्यक्ष) केपी ओलीले ‘दोसल्ला ओढाई सम्मान’ गरेको बताउँदै खत्रीले आफ्नो चरित्र असल रहेको र विभिन्न पुरस्कार तथा सम्मान पाएको प्रसंगमा अहिले प्रधानमन्त्री रहेका ओलीको नाम जोडेका हुन् ।
बयानका क्रममा ‘तपाईँ आफ्नो जागिरको सिलसिलामा कहाँकहाँ बस्नुभयो’ भनी सोधिएको प्रश्नको जवाफमा २०७३ सालको पुससम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसएसपीका रूपमा कार्यरत रहेको बताएका छन् । सेवामा रहँदा राष्ट्रपतिबाट प्रदान गरिने प्रबल श्री चौथो पुरस्कार समेथ पाएको बताउँदै उनले भनेका छन्, ‘दशचोटि पुरस्कार पाएको छु, अहिलेका प्रधानमन्त्री (केपी ओली) समेतले मलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।’
[youtube https://www.youtube.com/watch?v=kEBeNWghhAc]
शनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त बनाइएका बनाइएका चुडामणि उप्रेति ‘गोरे’ले एसएसपी खत्रीलार्इ पक्रियपछि सुन तस्करीको सबै रहस्य खुल्ने बयान दिएका थिए । खत्री यसअघि पनि सुन तस्करी आरोपमा पक्राउ परी छुटेका थिए ।