Logo

विवाह आफूले सोचेभन्दा भिन्न भएको सोनमको खुलासा,साथीभाई–आफन्तसँग रिसाउँदै यसो भनिन्

सोनम कपुरको विवाह भएको करिब एक महिना भयो । तर अब सोनमले आफ्नो विवाहको तरिकासँग खुसी नभएको खुलासा गरेकी छिन् । विशेषगरी आफ्नो विवाहमा गोपनियता नअपनाइएको विषयमा उनले असन्तुष्टि व्यक्त गरेकी छिन् । सोनमले आफू तडकभडकयुक्त विवाह नभई आर्य समाजको रितिरिवाजले, कम व्यक्तिहरुको उपस्थितीमा विवाह गर्न चाहेको जानकारी दिएकी छिन् ।

रुष्ट सोनम भन्छिन्, ‘साथी भाइ, आफन्तले किन वास्ता गरेनन्’

हालै ‘वीरे दी वेडिङ’ को प्रोमोशनको क्रममा मिडियासँग कुराकानी गर्दै सोनमले आफ्ना असन्तुष्टि व्यक्त गरेकी हुन् । उनले भनिन्, ‘मेरा विशेष साथी र भाइ बहिनीले थुप्रै भिडियो बनाए र त्यसलाई सोसल मिडियामा सेयर गरे । रणबीर र ज्याकलिनले त विवाहको लगभग पूरा भिडियो सोसल मिडियामा लाइभ गरिदिए । उनीहरु मस्ती गरिरहेका थिए र उनीहरुलाई स्वरा भास्कर, मिका सिंह र अर्जुन कपुरले पनि साथ दिइरहेका थिए । विवाहमा लुकाउनुपर्ने कुरा त केही पनि थिएन तर जब हामी गोपनियताको कुरा गर्छौं तब मेरो विवाहका बेला यसबारे किन बिचार गरिएन ।’

सोनम भन्छिन्, ‘न म रक्सी पिउँछु न नै ननभेज खान्छु’

सोनमले भनिन्, ‘म आर्य समाजको रितिरिवाजबाट विवाह गर्न चाहन्थें । न म रक्सी खान्छु न नै ननभेज खान्छु । यस्तोमा मेरा लागि सबैभन्दा सही आर्य समाजको विवाह थियो ।’स्मरण रहोस्, सोनमले दिल्लीका व्यवसायी आनन्द अहूजासँग विवाह गरेका थिए ।

एजेन्सी 


प्रतिक्रिया दिनुहोस्