Logo

सुन प्रकरणमा अर्का एक अभियुक्तद्वारा आत्मसमर्पण

साढे ३३ किलो सुन प्रकरणमा अर्का एकजनाले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । डेविड डा भनिने छिरिङ वाङ्गेल घलेले आइतबार अदालत पुगेर आत्मसमर्पण गरेका हुन् । उनी मुख्य अभियुक्तमध्येका एक हुन् ।यसअघि एसएसपी श्यामबहादुर खत्रीले पनि जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए । सुन प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती नै पक्राउ परेपछि अन्य अभियुक्तहरु पनि आत्मसर्पण गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्