जाह्नवी राजकुमार रावसँग प्रभावित
बलिउडकी स्वर्गीय अभिनेत्री श्रीदेवीकी जेठी छोरी जाह्नवी कपुर चाँडै फिल्म ‘धडक’बाट बलिउडमा डेब्यु गर्दै छिन् ।फिल्मको सुटिङ पूरा भइसकेको छ । यसैबीच जाह्नवीले आफ्नो मनपर्ने अभिनेताबारे खुलासा गरेकी छिन् ।उनले भनेकी छिन्, ‘मेरो मनपर्ने अभिनेता राजकुमार राव हुन् ।’राजकुमार रावको फिल्म ‘बोली तो बर्फी’ हेरेपछि आफू राजकुमारको फ्यान भएको उनले बताएकी छिन् ।राजकुमार रावको ध्यान खिच्नका लागि आफूले राजकुमारको इन्स्टाग्रामको सबै फोटोहरूमा कमेन्ट गर्ने गरेको पनि बताएकी छिन् ।उनले भनेकी छिन्, ‘मेरो एउटै चाहना छ, राजकुमार रावसँग फोटो खिच्ने ।’
एजेन्सी