भाइका कारण तनावमा सलमान
केही दिनपहिले सलमान खानले कालो हरिण सिकार काण्डमा जेलको हावा खानुपरेको थियो । अहिले फेरि उनका भाइ अरबाज खान आइपिएलमा सट्टेबाजीको चक्करमा फसेका छन् । यस काण्डमा मुछिएपछि उनलाई सोधपुछका लागि पुलिसले समातेको थियो । भारतीय मिडियाका अनुसार उनले आइपिएलको सट्टेबाजीमा ३ करोड भारतीय रुपैयाँ हारेका थिए । तर, उनले हारेको पैसा दिन मानेनन् । त्यसपछि अरबाजलाई धम्की आउन सुरु भयो । अरबाजबारे केही तथ्यः
अभिनयमा करिअर खत्तम
ले सन् १९९६ मा फिल्म ‘दरार’बाट आफ्नो करिअरको सुरुवात गरेका थिए । त्यसपछि उनी केही फिल्ममा सलमान खानका साथमा आए ।उनले केही मल्टिस्टारर फिल्ममा पनि काम गरे । तर, उनको फिल्मी करिअर जम्न सकेन । २००४ मा फिल्म ‘हलचल’पछि त काम पाउनै बन्द भयो ।
अरबाज प्रोडक्सन हाउस
अभिनयमा सफलता हात नलागेपछि २०१० मा उनले प्रोडक्सन हाउस खोले । उनको प्रोडक्सन हाउसको पहिलो फिल्म ‘दबंग’ थियो । फिल्ममा सलमानले मुख्य भूमिका निभाएका थिए । अरबाज आफू मख्खीको भूमिकामा देखिए । यसपछि ‘दबंग–२’ पनि बन्यो । तर, अरबाजको सट्टेबाजीको लतका कारण सलमान उनीसँग टाढिए । र, ‘दबंग–३’ मा काम गर्न इन्कार गरिदिए ।
मलाइकासँग सम्बन्धविच्छेद
अरबाजले सट्टेबाजी गरेको स्विकारेका छन् । उनले ५ वर्षदेखि सट्टेबाजी गरिरहेको र १५ करोड भारतीय रुपैयाँ हारिसकेको बताएका छन् ।तर, अरबाजले पैसा नदिएपछि मलाइकाको फोनमा धम्की आउने गर्थे । यही कारण झगडा सुरु भयो र मलाइकाले सन् २०१७ मा सम्बन्धविच्छेद गरिन् ।
सट्टेबाजीको लत
सट्टेबाजीको लतले अरबाजलाई डुबाइदियो । छिटो पैसा कमाउने चक्करमा उनी पैसा हार्दै गए । यस कुरालाई लिएर सलमान पनि अत्यधिक रिसाएका थिए ।अरबाजले भनेका छन्, ‘दीपावलीका दिन सलमानले ममाथि हात उठाउन खोजेका थिए, तर त्यतिवेला आमा आएका कारण जोगिएँ ।’ अरबाजको यही बानीका कारण उनको परिवार उनीसँग टाढिएको छ ।