यी मोडलसँग नाम जोडिएपछि अर्जुन रामपालले झट्पट दिए यस्तो जवाफ
बलिउड नायक अर्जुन रामपाल र उनकी श्रीमतीले आफ्नो २० वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याउने घोषणा गरेको केही दिन नबित्दै नायकको नाम एक मोडल तथा नायिकासँग जोडिएको थियो । अर्जुनले कुनै ढिलाई नगरी यसको झट्पट जवाफ दिएका छन् ।अर्जुनको नाम मोडल नताशा स्टेनकोविकसँग जोडिएको हो । भारतीय समाचार एजेन्सीले नताशालाई घर बिगारेको पनि आरोप लगाएको छ । तर अर्जुनले एक ट्वीटरमा यसबारे स्पष्टिकरण दिएका छन् । उनले ट्वीट गरे, ‘केही मानिसहरु आफ्नो दिनको सुरुवात ताजा कफीले गर्दछन् भने केही अन्यले भने ताजा हलचल पैदा गर्ने लिंक अपसँग । अहिलेका लागि म र मेरो कपमात्र ।’