Logo

अर्जेन्टिना तथा इजरेलबिचको मैत्रीपूर्ण फुटबल स्थगीत

अर्जेन्टिनाले इजरायलसँगको एक मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ ।अर्जेन्टिना र इजरायलबीच शनिबार जेरूसेलममा विश्वकप अन्तर्गत अभ्यास खेल हुने तय भएको थियो ।अलजजिराले अर्जेनिटिनी खेलकुद समाचार साइट मिनुटउनोलाई उद्धृत गर्दै ‘हिंसा, आलोचना तथा धम्की’का कारण खेल रद्ध गरेको जनाएको छ।हालसम्म सन् १९८६ यता अर्जेन्टिना तथा इजरेलबीच विश्वकप पूर्व चार मैत्रीपूर्ण खेल खेलेका छन्।इजरायली फुटबल एसोसिएसनले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन तर इजरेली संचारमाध्यमले यस घटना बारेमा प्रधानमन्त्री बेन्जामिन नेत्यान्याउले अर्जेन्टिनी समकक्षीसँग टेलिफोन वार्ता गर्ने जनाएको पनि अलजजिराले उल्लेख गरेको छ ।

वेष्ट ब्यांकको रमल्लाहमा प्यालेस्टाइन फुटबल एशोसियसनले लियोनल मेस्सीसहित अर्जेन्टिनी फुटबल टोलीको तस्वीर अंकित पोस्टर टाँगेर खेल रद्द गर्न आग्रह गरेको थियो भने करिब ७० प्यालेस्टाइनी बालबालिकाहरुको एक समूहले मेस्सीलाई पत्र लेख्दै इजरायलसँग फुटबल नखेल्न अपिल गरेका थिए ।

यससँगै मेस्सीका प्यालेस्टिनी प्रशंसकहरूले अर्जेन्टिनाले इजरेलसँग फुटबल खेलेमा उनको जर्सी जलाएर विरोध गर्ने बताएका थिए।त्यस्तै अर्जेन्टिनाका लागि प्यालेस्टाइनी राजदुत हुस्नी अब्दुल बाहिदीले समेत इजरेलसँग हुने खेललाई लिएर असन्तुष्टि जनाएका थिए।दुबै देशले मैत्रीपूर्ण खेल हुने भनिएको जेरूशेलमस्थित टेडी रंगशाला सन् १९४८ मा प्यालेस्टाइनी गाँउ भत्काइएको जमिनमाथि बनाइएको हो।


 

प्रतिक्रिया दिनुहोस्