काम सकेर होटलमा सुतेका कामदारको मृत्यु
होटलमा सुतेका कामदारको रहस्यमय ढंगले ज्यान गएको छ । महेन्द्रनगर बसपार्क नजिक रहेको अपि होटलमा काम गर्ने बैतडी मेलौली नगरपालिका ३ आमचौरा बस्ने भाश्कर सुबेदीको राती होटलमा सुतेको अवस्थामा ज्यान गएको हो ।बेलुका काम सकेर काउण्टरको तल भुईंमा सुतेका सुवेदी बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले बताउनुभयो । उहाँ अनुसार दुबैतिरको ढोका बन्द गरि काउण्टरको पछाडि सुतेको सीसीटीभीमा देखिएको छ । बिहान ४ बजे होटलमा बस्ने पाहुनाले ढोका खोल्दा नखुलेको र काउण्टरमा फोन गर्दा समेत फोन नउठेपछि प्रहरीलाई खबर गरेका थिए ।पोष्टमार्टमपछि मृत्युको कारणबारे खुल्ने प्रहरीको भनाई छ ।