Logo

विश्वकपमा सहभागी हुने ३२ देशका जर्सी

विश्वकप फुटबल २०१८ को रौनक विश्वभर छाइसकेको छ । रुसमा हुने विश्वकप आउन ८ दिन मात्रै बाँकी छ ।विश्वकपमा सहभागी हुने ३२ वटै टोलीले खेलाडीको अन्तिम सूची पनि सार्वजनिक गरिसकेका छन् । प्रशंसकहरु आफूलाई मन पर्ने देशको जर्सी लगाएर होस् वा फेसबुकमा प्रोपाइल पिक्चर परिवर्तन गरेर होस् आफ्नो टिमको समर्थनमा जुटिसकेका छन् । जेठ ३१ बाट सुरु हुने फुटबलको महाकुम्भ साउन १ गते सकिनेछ । रुसका विभिन्न ११ शहरमा विश्वकपका खेलहरु हुनेछन् । फाइनल भने मस्कोमा हुनेछ । हामीले विश्वकपमा सहभागी देशका जर्सीहरुलाई एकै ठाउँमा प्रस्तुत गरेका छौँ ।


 

प्रतिक्रिया दिनुहोस्