Logo

चीनबाट उद्धार गरिने नेपालीलाई यस्तो ठाउमा राख्ने तयारी !

सरकारले चीनबाट उद्धार गरिने नेपालीलाई काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणमा रहेको अपार्टमेन्टमा राख्ने तयारी गरेको छ। कोरोनाभाइरस फैलिएको चीनको वुहान सहरमा रहेका नेपालीलाई सरकारले उद्धार गर्न यसअघि नै आवेदन फारम भराइसकेको छ। उद्धार गरिएकामा कोरोनाभाइरस भए/नभएको स्वास्थ्य परीक्षणको रिपोर्ट नआउञ्जेल उक्त अपार्टमेन्टमा राख्न लागिएको हो।

अपार्टमेन्टमा सुरक्षित अवस्थामा राख्ने व्यवस्था मिलाउन सरकारले नेपाली सेनालाई जिम्मेवारी दिन लागेको छ।
‘इचंगुनारायणको अपार्टमेन्टमा उद्धार गरिएकालाई राख्ने भन्ने छ। औपचारिक रूपमा सेनालाई सरकारले निर्देशन दिइसकेको छैन।

इचंगुनारायणमा सुकुम्वासी राख्न २०६९ सालमा अपार्टमेन्ट बनाए पनि त्यो अहिलेसम्म खाली नै छ। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बागमती नदी किनारका झुप्रामा बसेका सुकुम्वासीलाई राख्न १२ करोड रूपैयाँमा अपार्टमेन्ट बनाइएको थियो। इचंगुनारायणका दुई ठाउँमा रहेका अपार्टमेन्टमा एक सयभन्दा बढी फ्ल्याट छन्।

प्रतिक्रिया दिनुहोस्