Logo

परदेश २-जनकपुरमा मन्त्रीलाई कालोमोसो दल्न गएका दश जाना युवा पक्राउ !

परदेश २-जनकपुरमा मन्त्रीलाई कालोमोसो दल्न गएका दश जाना युवा पक्राउ ! सामाजिक विकास मन्त्री नवल किशोर साहलाई कालोमोसो दलन गएका दश जना युवालाई धनुषा प्रहरीले गिरफ्तार गरेको छ ।

जनकपुरधाम ८ स्थित जानकी हेल्थ केअर एण्ड टिचिङ हस्पिटलको एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन पुगेका मन्त्री साहलाई युवा विद्यार्थीहरुले कालो झण्डा देखाउनुको साथै कालोमोसो दल्ने कार्यक्रम राखेका थिए ।

राजपा समर्थनमा युवा समुहले कालोमोसो लगाउन गएका युवालाई प्रहरीले गिरफ्तार गरेको हो । राजपा धनुषाका जिल्ला अध्यक्ष र विद्यार्थीका समेत केन्द्रीय अध्यक्ष रहेका ज्ञानेन्द्र झा ज्ञानू र मन्त्री साहबीच शुक्रवार भएको सामान्य भना भन पछि अवस्था तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्