Logo

तराई–मधेशको २२ वटै जिल्लामा विद्युत अन्डरग्राउण्ड गरिने !

तराई–मधेशको २२ वटै जिल्लामा विद्युत अन्डरग्राउण्ड गरिने ! प्रदेश नं. २ सहित तराई मधेशको २२ जिल्लामा विद्युत नपुगेको ठाउँमा आगामी २ वर्षभित्र विद्युतको पहुँच बढाउने दाबी बसेको प्रतिनीधि सभाको बैठकमा बोल्दै मन्त्री पुनले तराई मधेशको २२ वटा जिल्लाहरुमा विद्युत पूर्ण रुपमा पुरयाई विद्युतीय तार अन्डरग्राउण्ड गरिने बताउनुभएको छ ।

उहाँले पोखरा सहित ललितपुर र भक्तपुरमा समेत विद्युतको लाईन अन्डरग्राउड गरिने जनाउँदै विद्युत नपुगेको ठाउँमा शतप्रतिशत विद्यतु पुरयाउने बताउनुभएको छ ।

यसअघि ९ सय मेगावाट मात्र विद्युत रहेकोमा भर्खरै ४ सय ५० मेगावाट बढाएर १३ सय ५० मेगावाट विद्युत प्रसारणमा रहेको बताउनुभएको छ । सो क्रममा उहाँले प्रदेश नं. २ सहित तराई मधेशको २२ जिल्लामा विद्युत नपुगेको ठाउँमा आगामी २ वर्षभित्र विद्युतको पहुँच बढाउने दाबी गर्नुभयो ।

प्रतिनीधि सभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै उहाँले विभिन्न सिँचाई आयोजना सहित विद्युतीय आयोजनाहरुको बारेमा प्रष्ट पार्नभएको थियो । काठमान्डौंमा समेत सौन्दर्यको हिसाबले समेत विद्युतको तार अन्डरग्राउण्ड गरिरहेको बताउँदै उहाँले तराई मधेशको विभिन्न जिल्लाको शहरहरुमा पनि विद्युतको तार अन्डरग्राउण्ड गरिने बताउनुभयो ।

सो क्रममा रौतहटका एक प्रतिनीधि सभा सदस्यले रौतहटमा शितलहरको चपेटामा रहेका अल्पसँख्यक, सीमान्तकृत, दलित, मुसहर समुदायका व्यक्तिहरुले अझै विजुलीको पहुँच नभएको भन्दै कारण सोध्नुभएको थियो । सो प्रश्नको जवाफ दिँदै उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनःले यसै वर्ष रौतहटमा विद्युतको पूर्ण पहुँच हुने बताउनुभएको छ ।

८० प्रतिशत बढी विजुली पहुँच भएको स्थान, जिल्लामा १०० प्रतिशत विद्युत पहुँचको व्यवस्था यसै वर्ष गर्न लागिएको बताउनुभयो । उहाँले तराई मधेशका जिल्लाहरु समेत आगामी वर्षसम्म विद्युतको पूर्ण पहुँच हुने ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्